-->
Tech Tutorial Nepal is your go-to destination for comprehensive tech tutorials and programming insights. Dive into a wealth of knowledge ranging from beginner-friendly guides to advanced coding techniques. Stay updated on the latest in technology trends and sharpen your programming skills with our expertly crafted content. Explore the world of tech with confidence, guided by our in-depth tutorials tailored for enthusiasts, learners, and professionals alike. You will also gets new Tech Tutorial
पूर्व राजा ज्ञानेन्द्र शाहले रौतहटको प्रसिद्ध धार्मिक स्थल शिवनगर स्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन् ।
मंगलवार दिउँसो ३ बजेको समयमा पूर्व राजा शाहले गरुडा नगरपालिका–५ शिवनगरमा रहेको महादेव मन्दिरमा करिव १० मिनेट पूजाआजा गरेका हुन् ।
शिवनगर चोकदेखी मन्दिरसम्म बाटोको दुबै तर्फ बसेका समर्थकहरुले उनलाई पुलमाला लगाएर भव्य स्वागत गरेका थिए । पूर्व राजा शाहले आफना समर्थकहरुको हातबाट फुलको माला र पुष्प गुच्छा लिएका थिए ।
पूर्व राजा शाह शिवनगर आउने वित्तिकै उनका समर्थकहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ जस्ता नारा लगाएको थियो ।
धेरै वर्षपछि मन्दिरमा पुजा गर्न रौतहट आएका पूर्व राजा शाहलाई हेर्न र स्वागत गर्न टाढा टाढाबाट मानिसहरुको ठुलो भिड ओर्लिएको थियो । उनलाई हेर्न हजारौको संख्यामा मानिसहरु शिवनगर पुगेका थिए ।
शाहलाई हेर्न आएको मानिसहरुको ठुलो भिडलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे भएको थियो । पूर्व राजा शाह शिवनगर आउन लागेपछि मंगलवार विहानै देखी शिवनगरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । उनको सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी ठुलो संख्यामा परिचालन गरिएको थियो ।
यसैविच आयोजक राष्ट्रिय शक्ति नेपाल जिल्ला कार्य समिति रौतहटले शिवनगर मन्दिरको छेउमा तयार पारेको स्वागत गेटमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार लेखेको ब्यानर झुण्डयाएका थिए ।
सो ब्यानरमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार लेख्न नपाउने भन्दै प्रहरीले सो ब्यानर हटाउन वा छोप्न खोज्दा पूर्व राजा शाहका समर्थकहरुले विरोध गरेपछि केहिबेर शिवनगरको अवस्था तनावग्रस्त बनेको थियो ।
उनका समर्थकहरुले विरोध गरेपछि प्रहरीले आफनो अडानबाट पछि हटेका थिए । राष्ट्रिय शक्ति नेपाल जिल्ला कार्य समिति रौतहटले पूर्व राजा शाहले पुजापाठ गर्नेदेखी लिएर अन्य सम्पूर्ण कामको व्यवस्थापन गरेको जिल्ला अध्यक्ष रामबाबु शाह तेलीले बताए ।
वीरगञ्ज । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाको – १९ स्थित गोल्डेन ग्लोभ बोर्डिङ स्कूलका शिक्षक शशि यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शिक्षक यादवको कुटपिटबाट गोल्डेन गल्ब स्कुलका कक्षा ३ का एक विद्यार्थी घाइते भएका छन् । घाइते विद्यार्थीको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको आँखा र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते विद्यार्थीका बुवाका अनुसार विद्यालयमा दुई दिन अनुपस्थित भएको भन्दै यादवले उनीमाथि कुटपिट गरेका थिए । उनले भने “बिरामी भएपछि छोरा दुई दिनसम्म विद्यालय जान सकेको थिएन । त्यसकै निहुँमा शिक्षक शशी यादवले चौथो घण्टीमा छोरालाई पाइपले कुटपिट गर्दै घाइते बनाएका छन् । छोरा घाइते भएपछि विद्यालयले उसको प्राथमिक उपचार समेत गरेन ।’ बहुदरमाई नगरपालिका – ६ गम्हरिया निवासी घाइते विद्यार्थी प्रत्येक दिन गाउँबाट स्कुल पढ्न आउने गरेका छन् ।
शिक्षकको कुटपिटबाट दिउँसो १ बजे घाइते भएका विद्यार्थी अपराह्न ४ बजे घर पुगेपछि मात्र घटना बारे जानकारी पाएको उनका बुवाले यात्रा डेलीसँगको कुराकानीका क्रममा बताए । ‘छोरा घर आएपछि उसलाई हामीले उपचारका लागि नारायणी अस्पताल लगेका थियौँ । प्रहरीमा स्कुल र शिक्षकविरुद्ध उजुरी गर्यौँ,’ उनले भने ।
विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षक यादव अहिले प्रहरी नियन्त्रणमा छन् । अस्थायी प्रहरी पोस्ट विन्दवासिनीका प्रहरी सहायक निरीक्षक (असई) रामबाबु गुप्ताले बताए । उनलाई अहिले नियन्त्रणमा राखेर सोधपुछ भइरहेको असई गुप्ताले जानकारी दिए ।
हाल वीरगञ्ज महानगरपालिकाले सामुदायिक तथा निजी विद्यालयहरूमा जाडो बिदा दिएको छ । यद्यपि सो निर्देशनलाई लत्त्याउँदै केही निजी विद्यालयहरूले कक्षा सञ्चालन गरिरहेका छन् ।
वीरगञ्ज । विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण वीरगञ्ज महानगरपालिकाको आग्रहमा आजदेखि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।
हुस्सु र शीतलहरका कारण बालबालिकालाई पठनपाठनमा समस्या भएकाले महानगरपालिकाले आजदेखि माघ १ गतेसम्म महागरभित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन लागाएको हो ।
महानगरपालिकाको शिक्षा समितिको हिजो बसेको बैठकले पुस २३ गतेदेखि माघ १ गतेसम्म महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएकोे शिक्षा अधिकृत हरि राउतले जानकारी दिनुभयो । कतिपय संस्थागत विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले त्यस्ता विद्यालयलाई परीक्षा सकिएपछि बिदा दिने निर्णय भएको उहाँको भनाइ थियो ।
यसैबीच एक्कासि बढ्ेको शीतलहर र चिसोका कारण पर्साको जनजीवनमा असर पर्नाका साथै अस्पतालमा बिरामीको चाप बढेको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी अस्पतालमा बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनायो । दूधे बालकदेखि ६० वर्षसम्मका बृद्धबृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । चिसो बढेकाले सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ ।
चिसोले बिरामी भएका दैनिक करिब ३० देखि ३५ जनासम्म उपचारका लागि आउने गरेको नारायणी अस्पतालका सूचना अधिकारी उदयनारायण सिंहले जानकारी दिनुभयो । दैनिक बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्याको अभावमा बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । र
© Copyright - Tech Tutorial Nepal . Design By Premium Blogger Templates