-->
Tech Tutorial Nepal is your go-to destination for comprehensive tech tutorials and programming insights. Dive into a wealth of knowledge ranging from beginner-friendly guides to advanced coding techniques. Stay updated on the latest in technology trends and sharpen your programming skills with our expertly crafted content. Explore the world of tech with confidence, guided by our in-depth tutorials tailored for enthusiasts, learners, and professionals alike. You will also gets new Tech Tutorial
शुक्रबार २९ मंसिर,
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको मेसेन्जर एपमा हालै डिफल्ट रूपमा इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर सुरु भएको छ । यसअघि प्रयोगकर्ताले आवश्यकता अनुसार आफैं सुचारु गर्नुपर्ने फिचर कम्पनीले प्रयोगकर्ताको गोपनीयताका लागि उपयुक्त हुने भन्दै डिफल्ट बनाएको छ । त्यसोभए के हो इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर अनि प्रयोगकर्ताका लागि यो किन उपयुक्त हुन्छ ? आज हामी यही विषयमा विस्तृतमा चर्चा गर्दैछौं ।
के तपाईंलाई थाहा छ ? तपाईंले आफ्नो स्मार्टफोन वा अन्य स्मार्ट डिभाइस खोलेर अनलाइन संसारमा पहुँच पाएकै समयबाट तपाईंका डेटा थुप्रै पक्षले ट्रयाक गरिरहेका हुन्छन् । तपाईंले विभिन्न प्लेटफर्मलाई उपलब्ध गराएका डेटालाई ती कम्पनी वा प्लेटफर्मले विज्ञापन दिन खोज्ने विभिन्न पक्षलाई बिक्री गरेका हुन्छन् ।
केही अवस्थामा त्यस्ता डेटा ह्याकरको हातमा पर्छन् र उनीहरूले तपाईंको हरेक सिस्टम नै आफ्नो पहुँचमा लिने प्रयास गरिरहेका हुन्छन् । केही भरपर्दो स्मार्टफोनले यही सुरक्षा कमजोरीलाई मध्यनजर गर्दै कडा सुरक्षा प्रणाली खडा गरी सुरक्षा दिइरहेका छन् । तर, यस्ता फोनले पनि इन्टरनेटमा तपाईंले उपलब्ध गराउने डेटालाई भने कुनै किसिमको सुरक्षा दिन सक्दैनन् ।
हुन त तपाईंले अनलाइनमा राखेका डेटामा कसैको पहुँचबाट जोगाउँछु भन्ने कुरा असम्भव नै छ । यद्यपि तपाईंले आफ्ना डेटालाई सुरक्षित राख्नका लागि भने त्यस्तो कोडमा परिणत गर्न सक्नुहुन्छ, जसलाई तपाईंबाहेक कसैले पनि नबुझोस् । हो, यही कारणले पनि अनलाइन सञ्चारका लागि 'इन्क्रिप्सन' मेरुदण्ड साबित भएको छ ।
तपाईंले विभिन्न व्यक्ति वा कम्पनीसँग अनलाइनमा गरेका कुराकानी ह्याकर, सरकारी निकाय वा खतरनाक पक्षहरूको पहुँचमा छैन वा कसैले पढेको छैन भन्ने कुरा निश्चित गर्न तपाईंले गरेको कुराकानी इन्ड-टु-इन्ड इन्क्रिप्सनमा आधारित हुनुपर्छ ।
के हो इन्क्रिप्सन ?
इन्ड-टु-इन्ड इन्क्रिप्सन भनेको के हो भन्ने कुरा बुझ्नुअघि हामीले यसको आधारभूत पक्षबारे बुझेको हुनुपर्छ । इन्क्रिप्सन यस्तो प्रणाली हो, जसले कुनै पनि डेटालाई यस्तो रूपमा परिणत गर्छ, जसले गर्दा अनावश्यक पक्षले त्यो डेटा सजिलै बुझ्न सक्दैनन् । र, उक्त डेटा आधिकारिक पक्षले मात्र बुझ्न सक्छ ।
उदाहरणका लागि मान्नुस्, तपाईंले आफ्नो कुनै साथीलाई मेसेज पठाउन खोज्नुभयो । तपाईंले पठाएको मेसेज सोझै तपाईंको साथीको डिभाइसमा पुग्दैन । तपाईंले मेसेज पठाइसकेपछि उक्त मेसज विभिन्न अनलाइन पूर्वाधार जस्तै; इन्टरनेट सेवाप्रदायक, मेसेजिङ एपको सर्भर तथा तपाईं र तपाईंको साथीबीच जोडिएका विभिन्न पक्षबाट हुँदै अन्तिममा उक्त मेसेज तपाईंको साथीको डिभाइसमा पुग्छ ।
यो बीचमा पर्ने जति पनि पक्ष छन्, उनीहरूले तपाईंको मेसेज पढेका छैनन् भन्ने निश्चित गर्न मेसेजिङ सेवाप्रदायकले डेटा इन्क्रिप्ट गर्न गणितीय सिपर अल्गोरिदमको प्रयोग गर्छ ।
जहाँ उक्त एल्गोरिदमले प्रयोगकर्ताले पठाएको साधारण मेसेज टेक्स्टलाई सिपर टेक्स्टमा परिणत गर्छ । सिपर टेक्स्ट भन्नाले अक्षरको त्यस्तो संरचनालाई जनाउँछ, जसको कुनै खास अर्थ नै हुँदैन । भन्नुको अर्थ कुनै किसिमको कोडमा परिणत गर्छ ।
यसरी सिपर टेक्स्टमा परिणत गरेका मेसेजलाई डिक्रिप्सन की (Decryption Key) का माध्यमबाट वास्तविक मेसेजमा परिणत गरिन्छ । यसको अर्थ मेसेज प्रसारण सिस्टममा ह्याकरले पहुँच पाए भने पनि उक्त मेसेजको अर्थ बुझ्न सक्दैनन् । उनीहरूसँग डिक्रिप्सन की नहुने भएकाले त्यस्तो मेसेज बुझ्न सक्दैनन् ।
सिपर टेक्स्टलाई सिजरको सिपर भनेर पनि चिनिन्छ । किनभने सबैभन्दा पहिले सिपर टेक्स्ट जुलियस सिजरले तयार पारेका थिए । यो एउटा त्यस्तो प्रक्रिया हो, जहाँ सब्सिट्युसन एल्गोरिदम प्रयोग गरी मेसेजलाई फरक-फरक अक्षरमा राखिएको हुन्छ ।
मेसेजका हरेक अक्षरलाई सब्सिट्युट गरेर अल्फाबेटको अर्को अक्षरसँग जोडिएको हुन्छ । उदाहरणका लागि यदि कसैले सब्सिट्युसन अल्गोरिदमको सिफ्ट थ्री प्रयोग गरेको छ भने, त्यो अक्षरमा A लाई D ले, B लाई E ले जनाइन्छ । र, त्यसरी नै अन्य अक्षरलाई पनि इन्कोड गरिएको हुन्छ ।
अहिले कम्प्युटरको युगमा यसले प्रति सेकेन्ड करोडौं बिटका डेटालाई सिपर टेक्स्टमा परिणत गरेको हुन्छ । पहिले प्रयोग हुने सामान्य सिपर एल्गोरिदम अहिले विस्थापित भएर त्यसको ठाउँ जटिल गणितीय एल्गोरिदमले लिएको अवस्था छ ।
प्रणाली परिवर्तन भएपनि काम गर्ने आधारभूत सिद्धान्त भने उही गरेको हुन्छ । आजको दिनमा थुप्रै किसिमका इन्क्रिप्सन अल्गोरिदमहरू प्रयोगमा आएका छन् । जसका आफ्नै फाइदा र चुनौतीहरू पनि छन् ।
इन्ड-टु-इन्ड इन्क्रिप्सनको सार्वजनिक (Public Key) वा निजी (Private Key) की इन्ड-टु-इन्ड इन्क्रिप्सन त्यस्तो प्रकारको इन्क्रिप्सन हो, जहाँ प्रेषक (सेन्डर)ले पठाउने बित्तिकै मेसेज इन्क्रप्ट हुन्छ र प्रापक (रिसिभर)ले पाउनुभन्दा अघि डिक्रिप्ट हुन्छ ।
उक्त मेसेज पठाउने व्यक्तिबाट गइसकेपछि अर्को व्यक्तिले नपठाएसम्म इन्क्रिप्ट हुन्छ । भन्नुको अर्थ, उक्त मेजेज तपाईंले पठाउने बित्तिकै कोडमा परीणत हुन्छ र त्यसलाई अर्को व्यक्तिसम्म पुग्दा मात्र डिक्रिप्ट हुन्छ ।
यो प्रसारणको समयमा बीचमा कसैले पनि मेसेज हेर्न सक्यो भने पनि उक्त मेसेजमा के लेखिएको छ भन्ने कुरा कसैले बुझ्न सक्दैनन् । इन्ड-टु-इन्ड इन्क्रिप्सनको वास्तविक अर्थ नै यही हो ।
मेसेन्जरको इन्क्रिप्सन र डिक्रिप्सनको काम मेसेज पठाउने र पाउने अन्तिम समयमा मात्र हुन्छ । मेसेज ट्रान्जिट (प्रसारण) हुँदा भने न उक्त मेसेज इन्क्रिप्सन हुन्छ न त डिक्रिप्सन नै ।
भन्नुको अर्थ मेसेज पठाउने बित्तिकै इन्क्रिप्ट भएर कोडमा परिणत हुन्छ र बीचमा त्यही कोड नै प्रसारण हुन्छ । त्यसपछि अन्तिममा अर्को व्यक्तिले मेसेज पाउने अन्तिम समयमा उक्त इन्स्क्रिप्टेड कोड डिक्रिप्ट हुन्छ । र, पाउने व्यक्तिले वास्तविक मेसेज पढ्न पाउँछ ।
इन्ड-टु-इन्ड इन्क्रिप्सनमा 'एसिमेट्रिक पब्लिक की' (Asymmetric public key) इन्क्रिप्सनको प्रयोग भएको हुन्छ । जहाँ दुवै पक्षसँग दुईओटा की हुने गर्छ । यहाँ की भन्नुको अर्थ त्यस्तो साँचो हो, जसलाई गणितीय एल्गोरिदमले मेसेज इन्क्रिप्ट वा डिक्रिप्ट गर्न प्रयोग गर्छ । त्यहाँ एउटा की पब्लिक अर्थात् सार्वजनिक हुन्छ । जसलाई जोकोहीले पनि पहुँच लिन सक्छन् ।
© Copyright - Tech Tutorial Nepal . Design By Premium Blogger Templates