-->
Tech Tutorial Nepal is your go-to destination for comprehensive tech tutorials and programming insights. Dive into a wealth of knowledge ranging from beginner-friendly guides to advanced coding techniques. Stay updated on the latest in technology trends and sharpen your programming skills with our expertly crafted content. Explore the world of tech with confidence, guided by our in-depth tutorials tailored for enthusiasts, learners, and professionals alike. You will also gets new Tech Tutorial
मोबाइल, टिभी वा अन्य उपकरणमार्फत प्रयोगकर्ताको कुराकानी सुनेर विज्ञापन देखाउन यस्तो प्रविधि प्रयोग हुन्छ ।
प्रयोगकर्ताले गर्ने कुराकानीहरूमा आधारित भएर विज्ञापनहरू देखाउन कम्पनीले यस्तो क्षमता भएको प्रविधि विकास गरेको दाबी गरेको हो । सञ्चार संस्था ४०४ मिडियाका अनुसार सीएमजीले यसलाई एक्टिभ लिसनिङ (active listening) प्रविधि नाम दिएको छ ।
उक्त कम्पनीले आफ्नो वेबसाइटमा समेत ब्लग राख्दै यस प्रविधिको क्षमता र प्रयोगबारे छोटो जानकारी दिएको थियो । अहिले भने उक्त ब्लग पोस्ट कम्पनीले डिलिट गरिसकेको छ । (कम्पनीले लेखेको ब्लग आर्काइभमा पढ्न यहाँ क्लिक गर्नुहोस् ।)
यस प्रविधिले विज्ञापनका लागि स्मार्टफोन तथा अन्य डिभाइसको माइक्रोफोन डेटा प्रयोग गर्ने उक्त ब्लग पोस्टमा उल्लेख छ । अर्थात् फोनमा हुने माइक्रोफोनबाट प्रयोगकर्ताले गर्ने प्रि-पर्चेज कन्भर्सेसन अर्थात सामान खरिद गर्नुअघिको कुराकानी सुन्न सक्ने कम्पनीको दाबी छ । उक्त डेटालाई एआईले विश्लेषण गरेर प्रयोगकर्ता सुहाउँदो विज्ञापन देखाउने कम्पनीको भनाइ छ ।
त्यस्तै विज्ञापनदाताहरूको लागि एक्टिभ लिसनिङ उपयुक्त उपकरण हुन सक्ने सीएमजीले ब्लग पोस्टमा लेखेको छ । यस्तो काम गर्न एक्टिभ लिसनिङ कानून सम्मत समेत भएको कम्पनीले दाबी गरेको छ ।
"जब नयाँ एप डाउनलोड अथवा अपडेट गरिन्छ, एप प्रयोग गर्नुअघि नियम र सर्तहरू देखा पर्छन् । त्यसैमा कतै न कतै एक्टिभ लिसनिङको प्रसङ्ग आएको हुन्छ । यसकारण यो कानूनसम्मत छ,” कम्पनीको ब्लग पोस्टमा उल्लेख छ ।
विज्ञापनदाताले निश्चित क्षेत्रलाई मात्र लक्षित गरेर यो प्रविधिमार्फत समेत विज्ञापन गर्नसक्ने सीएमजीले लेखेको छ । त्यसका लागि उक्त ठाउँको प्रयोगकर्ताले गर्ने कुराकानीका आधारमा स्ट्रिमिङ टिभी, स्ट्रिमिङ अडियो, डिस्प्ले एड, युट्युब, सर्च इन्जिन आदिमार्फत विज्ञापन देखाइने बताइएको छ ।
यद्यपि सीएमजीले दाबी गरेजस्तो वास्तवमा नै यो प्रविधि र मार्केटिङ छ कि छैन, यकिन भने भइसकेको छैन । तर पहिल्यैदेखि फेसबुक लगायतका एपले विज्ञापनका लागि प्रयोगकर्ताको कुरा सुन्ने दाबी गरिँदै आइएकाे थियाे । फेसबुकले भने उक्त कुरालाई सधैं अस्वीकार गर्दै आएको छ । बरु प्रयोगकर्ताको अनुमति लिएर मात्र एपले माइक्रोफोन प्रयोग गर्ने फेसबुकको भनाइ छ ।
//RJ RAHUL YADAV
© Copyright - Tech Tutorial Nepal . Design By Premium Blogger Templates